एमालेको मेची–महाकाली एकता अभियान शुरु

 

फाल्गुन २१, २०७३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन मुलुकको हित विपरित भएको भन्दै संसोधन पारित हुन नदिने बताउनु भएको छ । झापाको काकडभिट्टामा नेकपा एमालेको मेची–महाकाली  एकता अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रको हित विपरित संसदमा दर्ता भएको संसोधन विद्येयक कुनै हालतमा पास हुन नदिने उल्लेख गर्नुभयो । भुगोल, जात र मधेश पहाडका नाममा जनतामा भ्रम फिजाउने काम भएको भन्दै उहाँले त्यसलाई चिर्न अभियान आवश्यक भएको बताउनुभयो । राष्ट्रिय एकता, सामाजिक सद्भावका लागि एमालेले राष्ट्रब्यापी अभियान शुरु गरेको ओलीको भनाई थियो ।  सुखानी सहिद स्मृति दिवसको अवसर पारी एमालेले १५ दिन लामो  मेची–महाकाली राष्ट्रिय अभियानको शुभारम्भ गरेको हो । कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल,  महासचिव इश्वर पोखरेल, पूर्व सभामुख सुवास नेम्वाङ, पूर्व गृहमन्त्री वामदेव गौतम, भीम रावल, योगेश भट्टराई, अमृतकुमार वोहरा, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका दर्जनांै नेता तथा कार्यकर्ता सहभागी थिए । अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट शुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।    प्रकाशित:फाल्गुन २१, २०७३
Sahabar:Ekantipur

बारेमा admin

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *