११ कक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक:फेल वा पास भन्ने छैन

 

पुस २९ / खगेन्द्र खरेल
राष्ट्रिय परीक्षा बोर्डले सात महिनाअघि लिएको कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीअनुसार सबै समूहको नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नियमित तर्फको नतिजा सार्वजनिक गरेको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले पहिलो पटक कक्षा ११ को नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको बताउनुभयो । गत असारमा भएको परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागि भएको बोर्डले जनाएको छ । ७४ जनाको परीक्षा रद्द गरिएको छ ।

ग्रेडिङ प्रणाली लागु भएसंगै विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् । कुनै एक विषयमा डी प्लस प्राप्त गरेका विद्यार्थीले पुन: परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ । यसैबीच नतिजा हेर्न मोबाइलको मेसेज बक्समा गई KFM: टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी ३५००१ मा एसएमएस गर्न सकिनेछ ।

९० देखि एक सयसम्म ल्याउनेको बिषय ग्रेड ए प्लस हुन्छ। त्यस्तै ८० देखि ८९ सम्म ल्याउनेको ए, ७० देखि ७९ अंक ल्याउनेको बी प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ अंक ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्म अंक ल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९अंक ल्याउनेको डी र ० देखि १९ अंक आउने विषयको ग्रेड इ लेखिएको हुन्छ।

 

 

बारेमा Nabin Nepal

Check Also

टीकापुर घटनाः सांसद रेशम चौधरीलाई जन्मकैद,लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय

फागुन २२ गते जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *