बढ्यो पेट्रोल र डिजेलको मूल्य

माघ ३ / खगेन्द्र खरेल
नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो । निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो । नयाा मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ । गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *