वाम एकता आवस्यकता की वाध्यता !

नेपाली राजनीतिमा केहि समय अगाडी सबै भन्दा बडी चर्चाको विषय वन्न पुगेको थियो वामएकता साच्चै नेपालको कम्युनिष्ट इतिहासलाई हेर्ने हो भने कम्युनिष्ट स्थापना काल २००६ साल देखि अहिले सम्म आइपुग्दा कम्युनिष्टहरु फुट्ने र जुट्ने क्रम चलिनै रह्यो, आवस्यकता, स्वार्थ वा वैचारिक मतभेद जे-जे भनेता पनि उक्त क्रमले राम्रै निरन्तरता पायो संगै कम्युनिष्टमा फुट्नु मात्र समस्या नभएर चित्त बुझेमा नेतृत्वको पुजानै गर्ने र अलिकति मात्र चित्त दुखाई रहेमा विभिन्न आरोप लगाउदै सराप्नु सराप्ने र एकले अर्कोलाई पुरै निषेध गरेर अगाडी बढ्न खोज्ने प्रविधि देखिन्छ I यो नै कम्युनिष्टहरुको सबैभन्दा पिडादाई (खतरनाक) रोग हो Iत्यसैले त कम्युनिष्ट स्थापना कालदेखि आजको दिन सम्म आइपुग्दा उक्त अंकित वर्षहरुले नेपाली राजनीतिमा परिवर्तनको हिसाबले तेती धेरै महत्व नराखेको पहिन्छ I उक्त कारण कारण मध्यको एक कम्युनिष्टमा आपसी मेलमिलाप नहुनु पनि हो I होइन भने एती धेरै लामो नेपालको  कम्युनिष्ट इतिहासलाई हेर्ने हो वा अंकित वर्षहरुलाई गणना गर्ने हो भने त आज नेपाली समाजले गुणात्मक विकास, आमुल परिवर्तन संगै नेपाल विश्वमै उधयमान राष्ट्रको रुपमा तिब्र गतिमा अगाडी बढ्न सक्नु पर्थ्यो खासमा तेसो हुन सकीरहेको छैन, आज पनी नेपाली सामाजको चरित्र नेपाली समाज जनताको जिवनस्तर लगायत विभिन्न समस्याको दलदलमा आजको दिनसम्म नेपाली समाज फसेको पाहिन्छ, हो व्यवस्था परिबर्तनको नाममा धेरै आन्दोलन हरु भय आन्दोलनकै भरमा व्यवस्था परिबर्तन पनि भय तर कम्युनिष्टहरुले सबै भन्दा बडी भन्दै आयको वा उठान गर्दै आएको वर्ग संघर्सले पूर्णता पाउन (वर्गीय समस्या जिउको तिउ छ) नसकेको  कुरा एथार्थ नै हो I जसरी बाम एकताको कुराले चर्चा पायो यहि चर्चा संगै बामएकताकै कारणले गर्दा वामपन्थी शक्तिहरुले चुनावी नतिजा राम्रै हात पारे र वास्तबमा बामएकता साच्चीकै भन्नेहो भने जनातावाट अनुमोदित भएर आइसकेको कुरा पनि थियो I

एस्तो अवस्थामा संविधान निर्माणपछि समृद्दीको लागि बामएकता भनेर चर्चा चलाउनु भो र पनि मदभेद चलिनै रह्यो, यतिठुला दलहरुको एकतामा जुन मदभेदको कुरा छ यो स्वभाविक पनि थियो होला जतिबेला खासगरेर २ दल (पार्टी) नेकपा एमाले र माओवादी केन्द्र विच वामएकता गरेर अगाडी बढ्ने सहमति भो जसले फेरी नेपाली राजनीतिलाई पुरै तरंगित नै पार्यो तेतिवेला यी दुवै पार्टीले वामएकता गरेर अगाडी बढ्ने कुरालाई नेपालको राजनीतिक आवस्कता ठाने र सोहि अनुसार चुनाब पछि पार्टी एकता गर्न सहमति वमोजिम वामएकता गरि चुनाबमा होमिए र उक्त कुरालाई पनि नेपाली  जनता ले राम्रै मानेको कुरा चुनावी नतिजाले पनि थप प्रस्ट हुन पुग्यो जतिवेला दुवै पक्षले वामएकताको आव्स्यकता नै आजको आवस्एकता हो भन्दै हिडेका थिय I तर चुनावी नतिजा पछिका दिनहरुलाई हेर्दा तेती धेरै आवसेकता पछिल्ला दिनहरुमा महसुस गर्न नसकेको देखिन्थ्यो, जसले गर्दा वामएकता आवसेकता थियो की वाध्यता भन्ने प्रश्न उबज्याएको थियो I र पनि विभिन्न मदभेद संका आसंकाका विच सम्वन्धमा चिसोपन बढ्दै गएको अवस्थामा जसरी चमत्कारिक रुपमा जुन सम्बन्धलाई न्यानो बनाउन सफल हुनु भो तेसै गरि नेपाली जनता विषेस गरि यहाँ रहेका गरिव,किसान,मजदुर,उत्पीडनमा परेका वर्ग समुदाय “संगै नेपालीहरुको आफ्नो सद्यौँ देखिको इतिहाँस,संस्कार,परमपरा,रितिरिवाज,रहनसहनलाई भुल्न नसक्ने कुरा” लाई पनि मध्यनजर गर्दै सामाजिक न्यायको बाटोमा अगाडी बडी हरेक वर्ग समुदाय क्षत्रको जीवनस्तरमा पनि चमत्कार गरि सामाजिक न्याय दिलाउदै हरेक नेपाली जनताले परिवर्तनको महसुस (प्रत्याभुति) हुनेगरी काम गरि वामएकता या नया पार्टी नेकपा को आवस्यकता (महत्तो) लाइ थप मजबुत गराउदै(प्रस्टाउदै) अगाडी बढ्नुहोस सुभकामना !!

Email:[email protected]सामाजिक अभियानता हुन्

बारेमा Nabin Nepal

Check Also

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *