२४औ विश्व आदिवासी दिवस,इजरायलमा भव्यताका साथ मनाइदै

 

साउन,२२ / खगेन्द्र खरेल
नेपाल आदिवासी जनजाति महासंघ,इजरायल साखाले २४औ विश्व आदिवासी दिवस इजरायलमा भव्यताका साथ मनाउने भएको छ ।

अधिकार,प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान ! पहिचान सहितको संघीयताका लागि संबिधान संशोधन हाम्रो साझा अभियान !! भन्ने मूल नारा सहित मनाउन लागिएको कार्यक्रममा प्रमुख अतिथि महासंघका केन्द्रिय अध्यक्ष जगत बहादुर बरामले सम्बोधन गर्नु हुने महासंघ इजरायलले जनाएको छ ।

इजरायलको तेल अभिभ स्थित लेभान्दा ३२ मा जनजाति महासंघसग आबद्द विभिन्न सघ सस्थाद्वारा मौलिक,सास्कृतिक,धार्मिक पहिचान झल्किने झाँकीसहित यहि १७ अगष्ट शुक्रवारका दिन उक्त कार्यक्रम हुन गइरहेको महासंघ इजरायलले जनाएको छ ।

इजरायल स्थित विभिन्न संघ,सस्था तथा कार्यरत नेपाली दाजुभाइ दिदि बहिनीहरुमा उपस्थितिका लागि महासंघले अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

बारेमा Nabin Nepal

Check Also

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

कार्तिक, १३ नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *