सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजायँ

 

साउन,२४ / खगेन्द्र खरेल
गुन्डा नाइके भनेर चिनिएका गणेश लामा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै बिहीबार सजाय सुनाएको हो ।

जानकारी अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको छ । अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको बताइएको छ ।

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा छन् । उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले गौशालाबाट पेस्तोलसहित पक्राउ गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *