इन्धनमा लागू कोटा प्रणाली हट्यो

 

असोज,७ / खगेन्द्र खरेल
चालकहरुले आन्दोलन फिर्ता लिएपछि नेपाल आयल निगमले इन्धन वितरणमा लागू गरेको कोटा प्रणाली हटाएको छ ।

निगमले आजदेखि कोटा प्रणाली हटाउँदै उपभोक्ताले मागेजति तेल पाउने व्यवस्था गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनले पेट्रोल पम्पहरुलाई मागेजति तेल दिन निर्देशन दिइसकेको बताए ।

इन्धन अभावले पेट्रोल पम्पमा लाम लागेपछि निगमले असोज ५ गतेबाट लागू हुनेगरी मोटरसाइकल र स्कुटरलाई बढीमा पाँच लिटर र हल्का सवारी साधन कार, भ्यानलाई बढीमा १५ लिटर पेट्रोल दिने गरी कोटा निर्धारण गरेको थियो ।

त्यसैगरी डिजेलबाट चल्ने छोटा दूरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दूरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म मात्रै डिजेल उपलब्ध गराइएको थियो ।

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *