च्याम्पियन्स लिग फुटबल:मेस्सीको दुई गोलसँगै बार्सिलोनाले टोटनह्यामलाई हरायो,नेपोली सग लिभरपुल पराजित

 

असोज १८ / खगेन्द्र खरेल
च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले टोटनह्यामलाई हराएको छ । टोटनह्यामको घरेलु मैदानमा बार्सिलोना ४-२ ले बिजयी भएको हो ।

वेम्बलीमा सुरुवाती दुई गोल खाएको टोटनह्यमले दोस्रो हाफमा पुनरागमनको संकेत देखाएको थियो । तर, मेस्सीको दुई गोलसँगै बार्सिलोना ४–२ गोलले विजयी भयो ।

बार्सिलोनाले दोस्रो मिनेटमा नै काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा राकिटिकले गोल गरेपछि पहिलो हाफमा २–० ले अगाडि रह्यो । दोस्रो हाफको ५२ औं मिनेटमा गोल गर्दै ह्यारी केनले घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरे । तर, चार मिनेटपछि नै बार्सिलोनाका मेस्सीले गोल गरे ।

खेलको ६६ औं मिनेटमा लामेलाले गोल गर्दै बार्सिलोनाको अग्रता ३–२ मा झारे । तर, निर्धारित समयको अन्तिम मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भयो ।

समुह बि कै अर्को खेलमा इटालीको ईन्टर मिलानले नेदरल्याण्ड्सको पिएसभी आईन्डोभनलाई उसैको मैदानमा २–१ ले पराजित गर्‍यो ।

त्यस्तै अर्को खेलमा ईटालीको नापोलीले इंग्ल्ण्डको लिभरपूललाई १–० ले हराँउदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सर्वियाको रेडस्टार बेलग्रेडलाई ६–१ ले पाखा लगायो ।पिएसजीका लागि नेईमारले ह्याट्रिक गर्दा काभानी, डि मारिया र एम्बाप्पेले एक एक गोल थपे ।

लिगकै अर्को खेलमा स्पेनको एथ्लेटिको मड्रिडले बेल्जियमको क्लब ब्रुजलाई ३–१ ले पराजित गर्दा जर्मनीको बोरुसिया डर्टमण्डले फ्रान्सको मोनाकोमाथि ३–० को जित निकाल्यो ।

गएराती जर्मनीको शाल्काले रुसको लोकोमोटिभ मस्कोलाई १–० ले हराँउदा पोर्चुगलको पोर्टोले टर्कीको गालातासारेमाथि पनि १–० कै जित निकाल्यो ।

 

 

 

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *