प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

 

असोज १८ / खगेन्द्र खरेल
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज श्वदेश फिर्ता हुँदैछन्।

पत्नी राधिका शाक्यसहित २१ जना उच्च पदस्थ अधिकारीको नेतृत्व गर्दै असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। अमेरिकामा रहँदा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखसँग औपचारिक एवं अनौपचारिक भेटवार्ता गरेका थिए।

महासभापछि प्रधानमन्त्री ओलीले कोस्टारिकाको समेत भ्रमण गरेका थिए। कोस्टारिका भ्रमणका अवसरमा उनले त्यहाँको शान्ति विश्वविद्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका थिए।

बारेमा Nabin Nepal

Check Also

२ लाख घुससहित नापी सर्वेक्षक पक्राउ

कार्तिक, १३ नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरी २ लाख रुपैयाँ घुससहित पक्राउ परेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *