वामदेवलाइ सांसद बन्न हतारो,काठमाडौं ७ का सांसद रामवीर मानन्धरको राजीनामा घोषणा

 

असोज २३ / खगेन्द्र खरेल
नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ ।

मंगलबार संवाद चाैतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए ।

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *