आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेट: चीनबिरुद्द नेपालको फराकिलो जीत

 

असोज २४
नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ मा लगातार पाचौं विजय हात पारेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा अनुमान गरिए अनुरुप नेपालले बुधबार चीनलाई सजिलै १० विकेटले पराजित गर्‍यो ।

क्वालम्पुरमा नेपालले टस जितेपछि ब्याटिङमा आएको चीन १३ ओभरमा २६ रनमा अलआउट भयो। नेपालले ११ बलमै लक्ष्य पुरा गर्‍यो। प्रतियोगितामा चीनको यो लगातार पाँचौं हार हो।

विनोद भण्डारीले ८ बलमा २४ रन बनाएपछि नेपालले २ ओभर भित्र लक्ष्य पुरा गर्‍यो। उनले ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर प्रदीप ऐरीले ३ बलमा ४ रन बनाए।

चीनबाट एचजे ज्यानले ११ रन बनाउनु बाहेक टोलीका ८ खेलाडी शुन्यमा आउट भए।

नेपालबाट सन्दीप लामिछाने, ललितनारायण राजवंशी र वसन्त रेग्मीले ३–३ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै ४, वसन्तले ४ ओभरमा १ मेडन राख्दै ५ र ललितले ३ ओभरमा १ मेडन राख्दै १२ रन खर्चे। म्यान अफ द म्याच सन्दीपले प्रतियोगितामा २० विकेट पुर्‍याइसकेका छन्।

 

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *