‘ए’ डिभिजन लिगः थ्री स्टारको विजयी सुरुवात, फ्रेन्ड्स २–१ ले स्तब्ध

 

असोज २५
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले विजयी सुरुवात गरेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बिहीबार सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै थ्री स्टारले महत्वपूर्ण ३ अंक बटुल्यो।

थ्री स्टारको जितमा पहिलो हाफको १४ औं मिनेटमा रन्जन बिष्ट र ८१ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गरे। रन्जन यसै सिजन एपिएफबाट थ्री स्टार आएका हुन्। फ्रेन्ड्सका लागि दोस्रो हाफको इन्जुरी समयमा वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काएपनि हार टार्न सकेनन्।

खेलको सुरुवातबाट नै फ्रेन्ड्सलाई दबाबमा राखेको थ्री स्टारले पाएका केही सुन्दर अवसरलाई भने सदुपयोग गर्न सकेन। त्यस्तै फ्रेन्ड्सले पनि गोल गर्न पाएका केही अवसर सदुपयोग गर्न सकेन्। प्रतियोगितामा आजै नेपाल पुलिस क्लब र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

बारेमा Nabin Nepal

Check Also

सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एकको मृत्यु

  कार्तिक, १३ सर्लाहीको रामनगरमा नेकपा र कांग्रेस समर्थकबीचको झडपमा गोली चल्दा एकजना कांग्रेस समर्थकको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *