पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

 

कार्तिक, ५
कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै उनले चाडै अधिवेशन नभए कमसेकम समयमा महाधिवेशन हुनुपर्ने बताएका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकाल एक वर्ष थपेर लम्ब्याउन नमिल्ने उनको भनाई थियो । अधिवेशनमा जानुको विकल्प नभएको भन्दै उनले गुट उपगुटकै कारण निर्वाचनमा पार्टीले हार व्यहोरिनु परेकाले यसलाई समाप्त गरेर संगठन निर्माणमा लाग्नु पर्ने बताए ।

त्यस्तै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेकपा नेतृत्वको सरकार असफलतातर्फ जान थालिसकेको बताएका छन् । गच्छदारले वर्तमान सरकारको आठ महिनाको कार्यशैली हेर्दा एक पछि अर्को कार्यमा सरकार असफल हुँदै गइरहेकोले असफलतातर्फ उन्मुख भइसकेको बताएका हुन् ।

उनले जनताको जनादेश अनुसार कांग्रेस प्रतिपक्षमा बस्ने र संगठन सुदृढीकरणमा लाग्ने धारणा व्यक्त्त गरे ।

 

 

 

 

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *