भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरी नेपालमा

 

कार्तिक, ८
भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरी नेपाल आएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा महासचिव यचुरी बिहीबार बिहान काठमाडौं आएका हुन् ।

नेपाल आएका महासचिव यचुरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो नेपाल बसाई दुई देश र दुई पार्टीबीचको सम्बन्धलाई अझै बलियो बनाउन केन्द्रित हुने बताए । त्यस बीच उनले दुई मुलुकबीचको जनस्तरको सम्बन्धबारे उल्लेख गरेका छन् ।

नेपाल बसाईको क्रममा महासचिव यचुरीले प्रधानमन्त्री केपी ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानद्धारा आयोजित विचार गोष्ठी सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चियापान कार्यक्रममा सहभागी भएपछि महासचिव यचुरी स्वदेश फर्कने छन् ।

 

बारेमा Nabin Nepal

Check Also

टीकापुर घटनाः सांसद रेशम चौधरीलाई जन्मकैद,लक्ष्मण थारुलाई ३ वर्ष कैद सजाय

फागुन २२ गते जिल्ला अदालत कैलालीले टीकापुर घटनामा मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *