एल क्लासिको भिडन्त : मड्रिडमाथि बार्सिलोनाको गोलबर्षा

 

कार्तिक, १२
बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको एल क्लासिको भिडन्तमा उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको ह्याट्रिक मद्धतमा रियल मड्रिडलाइ ५–१ गोलले पराजित गरेको छ ।

बार्सिलोनाका लागि खेलको ११ औँ मिनेटमा जोर्डी अल्बाको पासमा फिलिपे कोटिन्होले गोल गर्दै १–० को अग्रता दिलाए । त्यसपछि लगातार तिन गोल गर्दै लुइस स्वारेजले ह्याट्रिक पुरा गरे । अन्त्यमा अर्ट्युरो भिदालले अर्को गोल थपेर स्कोर ५-१ बनाएका थिए । रियल मड्रिडका लागि मार्सेलोले सात्वाना गोल फर्काएका थिए ।

यो जितसँगै बार्सिलोनाले १० खेलबाट २१ अंक जोड्दै लिगको पहिलो स्थानमा कायमै छ । पराजित रियल भने १० खेलबाट १४ अंकसहित लिगको नवौँ स्थानमा खुम्चिन बाध्य भएको छ।

 

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *