पेरिस सम्झौता कार्यान्वयनका लागि १९६ मुलुक एक ठाउँमा

पुस १, २०७५
विश्वका १९६ मुलुक सन् २०२० सम्म पेरिस जलवायु परिवर्तन सम्बन्धी सम्झौताको लक्ष्य प्राप्तीका लागि आवश्यक कार्यविधिमा सहमत भएका छन् । पोल्याण्डमा भएको जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औं सम्मेलनमा कार्बन उत्र्सजन सम्बन्धी आवश्यक रणनीतिमा विवाद हुँदा बैठक लम्बिएको थियो ।
                                                अमेरिका, साउदी अरब, रुस र कुवेतले प्रारम्भिक चरणमा सम्झौताको मस्यौदामा आपत्ति जनाएका थिए । नयाँ कार्यविधि माथिको सम्झौताले विकसित मुलुकबाट कार्बन उत्र्सजनमा कमि आउने विश्वास गरिएको छ । २ डिग्रि सेल्सीयसमा पृथ्वीको तापक्रम वृद्धिलाई सिमित गर्ने पेरिस सम्झौताको लक्ष्य प्राप्ति क्याटोभिस सम्झौताको लक्ष्य रहेको बीबीसीले उल्लेख गरेको छ ।
कार्बन उत्सर्जन हुने मुख्य योजनाहरु बन्द गर्दै त्यसको विकल्प तर्फ विकसित राष्ट्र मोडिनुपर्ने छ । यद्यपि, गरिब राष्ट्रहरुका लागी भने सो योजनामा लचकता अपनाइएको छ । १ दशमलभ ५ डिग्रि सेल्सीयसमा तापक्रम वृद्धि गर्ने लक्ष्य रहेपनि हाल तापक्रवृद्धि ३ डिग्रि सेल्सीयस सम्म पुगेको छ ।

बारेमा Nabin Nepal

Check Also

भारत-पाकिस्तान तनाव : पाक प्रधानमन्त्रीद्वारा बातचीतको प्रस्ताव

फाल्गुण १५, बुधबार भारत-पाकिस्तान तनावकाबीच पाकिस्तानका प्रधानमंत्री इमरान खानले दुइ देशबीच बातचीतको प्रस्ताव गरेका छन् …

Leave a Reply

Your email address will not be published. Required fields are marked *