धनकुटामा तीस करोडको सुन्तला उत्पादन

धनकुटा जिल्लामा यस वर्ष सुन्तला उत्पादन गत वर्षको तुलनामा नौ प्रतिशतले वृद्धि भएको छ । कृषकसँगै प्रत्यक्ष किनबेचका आधारमा यस वर्ष करिब ३० करोड बढी मुल्यको सुन्तलाको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष कुल ५ सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ । विभिन्न रोगको प्रकोप र जलवायु परिवर्तनको प्रत्यक्ष असर खेप्दै आएका सुन्तला कृषकलाई यस वर्षको उत्पादनले उत्साहि बनाएको छ । ५ हजार १ सय ८४ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष ४ हजार ८ सय ९० मेट्रिक टन उत्पादन भएको थियो ।

केन्द्रले कृषकबाट गरिएको सर्वेक्षणका आधारमा बोटमा थोक मुल्य प्रति केजी ५० देखि ६० रुपैयाँ कायम रहेको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत सुर्यप्रसाद सापकोटाले जानकारी दिनुभयो । तर बजारको खुद्रा मुल्य बढी रहेको छ । दक्षिण पुर्वी एसियाकै स्वादिष्ट र स्तरिय पहिचान बनाएको जिल्लाको सुन्तलामा पछिल्लो समय विभिन्न रोग र कृषक स्वयम्को बगान व्यवस्थान कमजोरीका कारण सुन्तला खेती खस्कदै गएको प्राविधिकको भनाई छ । करिब एक हजार बढी स्तरीय सुन्तला बगैचा मध्ये धनकुटा नगरपालिका क्षेत्र लगायत सहिदभुमि गाउँपालिकाका खोकु, छिन्ताङ्ग,आँखिसल्ला, र साँगुरीगढी गाउँपालिकाका महाभारत, मौनाबुधुक लगायतका स्थान व्यवसायिक सुन्तला खेती हुने गरेको छ । यस्तै महालक्ष्मी नगरपालिकाका मुर्तिढुङ्गा, जितपुर, चानुवा, मारेककटहरे लगायत स्थानमा नगदे बालीको रुपमा सुन्तला खेती गरिँदै आएको छ । कुल ७ सय ८५ हेक्टर उत्पादनशिल क्षेत्र रहेपनि ५ सय ५५ हेक्टरमा सुन्तला खेती हुने गरेको छ । सुन्तला खेतीमा संलग्न कृषकले वार्षिक रुपमा १२ लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका छन् ।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *