डीपीएलको सबै तयारी पुरा, विजेतालाई ३० लाख

बिहिवार, २३ माघ
सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डिपीएल) को तेस्रो संस्करण माघ २६ देखि सुरु हुँदै छ। प्रतियोगिताको लगभग तयारी पुरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि तयारी सजावट बाहेक सबै काम पुरा भएको छ। प्रतियोगिताको पुरस्कार यस संस्करणमा २० प्रतिशतले बढाएको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ट्रफीसहित ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख र चौथो हुनेले दुई लाख पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्ड स्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ। हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको हो।

तेस्रो संस्करणमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, रुपेन्देही च्यालेन्जर्स, विराटनगर किंग्स र काठमाडौं गोल्डन्स गरी ६ टोलीको सहभागिता रहने छ । उनीहरुमध्ये अधिकांश टोलीले २ विदेशी खेलाडी पनि अनुबन्धन गरी सकेका छन्। यस पटक डीपीएलमा भारत, पाकिस्तान, युएई, हंकङका खेलाडी खेल्दैछन्। भारतका आइपिएल खेलिसकेका रणजी ट्रफी, रेलवयजका उत्कृष्ट खेलाडीहरु यस पटक डीपीएलमा सहभागी हुनेछन्। साउथ अफ्रिकाका उत्कृष्ट क्रिकेटर जोन्टी रोड्स पनि आउने छन्।

बारेमा Nabin Nepal

Check Also

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *