सिन्धुलीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

शुक्रवार, २४ माघ
सिन्धुलीको फिकल गाउँपालिका-२, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भएको छैन ।
घटनामा ७ जना घाइते छन् भने ३ जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार बा१५ च ९४२२ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

बारेमा Nabin Nepal

Check Also

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *