सातवटै प्रदेशबाट श्रम स्विकृती सुरु,काठमाण्डौं धाउनु पर्ने बाध्यताको अन्त्य

शनिवार , २५ माघ
सात वटै प्रदेशबाट श्रम स्विकृती सुरु भएको छ । बुधबार प्रदेश १ को विराटनगर स्थित वैदेशिक रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति दिन थालिएसंगै अब सातै प्रदेशबाट यो सेवा शुरु भएको हो । यो संगै वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृतिका लागि काठमाण्डौं नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

प्रदेश स्तरबाट श्रम स्विकृती दिन थालिएसंगै काठमाडौंमा श्रम स्विकृती लिनेहरुको संख्यामा पनि कमी आएको कार्यालयले जनाएको छ । हाल एकपटक विदेश गएर काम गरेकाहरुलाई पुनः श्रम स्वीकृति प्रदेशस्तरमा दिन थालिएको हो ।

कार्यालयले नयाँ श्रम स्विकृतीको लागी पनि पुर्वाधारको तयारी गरिरहेको र अब छिट्टै नै नयाँ श्रम स्विकृतीको लागी पनि काम गर्ने कार्यालयका निर्देशक सुरेश जोशीले जानकारी दिएका छन् ।

बारेमा Nabin Nepal

Check Also

खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना : गृहमन्त्रालय

फाल्गुण १५, बुधबार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *