ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सात जनाको मृत्यु

फाल्गुण १५, बुधबार
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर श्रेष्ठसहित सात जनाको मृत्यु भएको हो ।

हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका थिए ।

हेलिकप्टर ताप्लेजुङको पाथीभरा मन्दिर आसपास दुर्घटनामा परेको थियाे। पौनो १२ बजे टावरसँग सम्पर्क गरेर पाथीभरामा रहेको जानकारी गराएको हेलिकप्टरको चालक दलले पौने १ बजे अन्तिपटक मौसममा समस्या आएको भन्दै तत्काल उडाउन नसकिने जानकारी दिएको थियो। त्यसपछि हेलिकप्टर सम्पर्कविहिन भएको थियो।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *