भारत-पाकिस्तान तनाव : पाक प्रधानमन्त्रीद्वारा बातचीतको प्रस्ताव

फाल्गुण १५, बुधबार
भारत-पाकिस्तान तनावकाबीच पाकिस्तानका प्रधानमंत्री इमरान खानले दुइ देशबीच बातचीतको प्रस्ताव गरेका छन् । पत्रकार सम्मेलन मार्फत देशबाशीलाइ सम्बोधन गर्दै उनले भारतको पुलवामामा भएको आतंककारी आक्रमण सहित सबै बिषयमा छलफल गर्न सकिने जनाएका हुन् ।

यसअघि पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान पाकिस्तानी क्षेत्रमा खसेको र अर्को भारतीय भूमिमा नै खसेको जनाएका छन्। भारततर्फ विमान दुर्घटनाग्रस्त भएकोस्थानबाट दुई जनाको शव बरामद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतले पनि पाक विमान खसालेको दावी गरेको छ ।

मंगलबार मात्रै भारतले पाकिस्तानी भू-भागमा आतंकवादीहरुले शरण लिएको स्थानमा आक्रमण गरी तीन सयजना भन्दा बढी आतंकवादी मारेको दाबी गरेको थियो। काश्मिरको पुलुवामा भएको आत्मघाती आक्रमणमा ४६ जना सीआरीपी जवानको मृत्यु भएसँगै भारत र पाकिस्तानबीचको सम्बन्धनमा पुनः चिसोपना आएको हो।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *