नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘अत्यन्तै नाजुक’

१८ फागुन,शनिवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकाले बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ ।

अधिकारीको उपचार भइरहेको काठमाडौंको मन्डिखाटरस्थित ह्याम्स अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको जनाएको छ ।

फोक्सो र मुटुको समस्या भइ विगत तीन हप्तादेखि पूर्वअर्थमन्त्री अधिकारी उक्त अस्पतालमा उपचाररत् छन् । अधिकारीलाई कृत्रिम श्वास–प्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ । उनी लामो समयदेखि छातीको संक्रमणबाट पीडित छन् ।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *