श्रीलंकाको शृङ्खलाबद्ध विस्फोटमा परी मृत्यु हुनेको संख्या १ सय ५८ नाघ्यो,५ सयभन्दा बढी घाइते

२०७६ बैशाख ८,आइतबार
श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ५८ नाघेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार कम्तीमा पनि ५ सयभन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइए अनुसार कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा र अन्य ३ सुविधा सम्पन्न होटलमा गरी कम्तीमा पनि ८ वटा शक्तिशाली बम विस्फोट भएको छ । अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन ।

मृतक मध्ये कम्तिमा ९ बिदेशी रहेको बताइएको छ तर कोही नेपाली हताहत नभएको श्रीलंका स्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेलले बताएका छन्।

घटनापछि राजधानी कोलम्बोको सुरक्षा व्यवस्था कडा पारिएको छ भने आम जनतालाई धैर्य राख्न राष्ट्रपतिले आग्रह गरेका छन्। इसाई धर्मावलम्बीहरूले इस्टर पर्व मनाइरहँदा यी विस्फोटनहरू भएका हुन्। प्रत्येक वर्ष अप्रिल महिनामा पूर्णिमापछि पहिलो आइतवारको दिन इस्टर पर्वमा मनाइन्छ। विस्फोटनपछि संवेदनशील स्थानहरूमा सुरक्षाव्यवस्था बढाइएको छ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। घटनापछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी रनिल विक्रमासिंघेमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

बारेमा Nabin Nepal

Check Also

अपडेट:श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक

अपडेट: श्रीलंकामा शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या ३५ बिदेशी सहित २ सय नजिक पुगेको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *