नयाँ शक्ति र फोरमबीच पार्टी एकता: सहमति पत्रमा हस्ताक्षर

२०७६ बैशाख २१ शनिबार
नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ। शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शेषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्ने सहमतीमा उल्लेख छ ।

बैशाख २३ गते प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरि एकता घोषणा गरिने सहमति पत्रमा उल्लेख छ । पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ ।

बारेमा Nabin Nepal

Check Also

राष्ट्रपतिद्वारा संसद अधिवेशन वैशाख १६ गते आह्वान

२०७६ बैशाख ८,आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदकाे बर्खे अधिवेशन आह्वान गर्नु भएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *