२०७७ भदौ १२ गते / खगेन्द्र /
कोरोना भाइरस (covid-19) नेपालमा जटिल बन्दै गएको छ। पछिल्लो २४ घण्टामा ९२९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १० हजार २२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ५९३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ भने २० हजार २२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् ।
देशभरमा १६ हजार १९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ९ हजार ५७३ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।