राष्ट्रिय समाचार
Aug 10, 2012
चिनियाँ उपमन्त्री नेपाल आउँदै
 
काठमाण्डौ,साउन २७ । 
 
चीनका विदेश उपमन्त्री फु यिङ नेपालको चार दिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाल–चीनबीच हुने परराष्ट्र सचिवस्तरीय परामर्श संयन्त्रको नवौं बैठकमा भाग लिन उहाँ नेपाल आउन लाग्नुभएको परराष्ट्रका प्रवक्ता अर्जुनबहादुर थापाले बताउनुभयो । चिनियाँ भ्रमण टोली अहिले केहीबेरमा काठमान्डु आइपुग्ने कार्यक्रम छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग उपमन्त्री फु नेतृत्वको सात सदस्यीय प्रतिनिधिमण्डलले  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम छ । नेपाल र चीनबीच व्यापार प्रवद्र्धन, सीमाक्षेत्रको भौतिक सुधार, लगानी वृद्धि र पर्यटन प्रवद्र्धनलगायतका विषयमा नियमित परामर्श बैठक हुँदै आएका छन् ।  
 
 
 

प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु