नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नरैनापुरमा मृत्यु भएका युवामा कोरोना पुष्टि

0
164

२०७७, जेठ ४ गते // खगेन्द्र खरेल
नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

मन्त्रालयका अनुसार ती २५ वर्षीय पुरुष वैशाख ३० गते भारतबाट आएका थिए । ती युवाको गएराति ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या आएको थियो ।

नरैनापुरको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो । ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here