२०७७, जेठ ४ गते // खगेन्द्र खरेल
थप १० जनामा कोरोना संक्रमण भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहट फरहदवा ९ का ७ जनार इशनाथका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरुको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य छ। उनीहरु ५ दिन अघि मुम्बई र गुजरातबाट आएका थिए। नेपाल आएका उनीहरुलाई इशानाथ, परोहा र राजपुरमा रहेको क्वारिन्टाइनमा राखिएको थियो।
रौतहटका प्रमुख जिल्ला अघिकारी वासुदेव घिमिरेका अनुसार भारतको विभिन्न सहरबाट आएका मजदुरहरु नेपाल प्रवेश गर्न लाग्दा नाकमै नियन्त्रणमा लिएर स्वाव लिएर क्वारिन्टिनमा राखेको बताए। उनी घर परिवार र अन्य सम्पर्कमा नरहेको उनले बताए।
यो सँगै संक्रमितको संख्या २९१ पुगेको छ। कोरोनाका कारण एक महिला र एक पुरुषको मृत्यु भइसकेको छ।