लिपुलेक, लिम्पियाधुरा, कालापानी विवादित भूमि होइन, नेपालको हो: प्रधानमन्त्री ओली

0
187

२०७७,जेष्ठ ६ गते
प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कतिक्रमित भूमि फिर्ता गराएरै छोड्ने बताएका छन्। संसदमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सत्यमेव जयते हुने भन्दै, लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र विवादित भूमि नभइ नेपालको भएको बताए।

उनले लिपुलेक, लिम्पियाधुरासहितको नेपाली नक्सा भूमि फिर्ता गर्नको लागि जारी गरिएको बताए। ‘भारतीय सेना कालापानीमा बसेपछि कालापानीमा जान ब्लक भयौं। त्यसबेलाका शासकहरूले बोल्न डराए। वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिदैनौ।

उनले देखाउनको लागि मात्र नक्सा जारी नगरिएको बताए। उनले भारतलाई ‘सत्यमेव जयते’ हुन्छकी हुँदैन भनेर प्रश्न गर्ने बताए। उनले यो कुनै तमासा वा देखाउनको लागि नभएको बताए। तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा यस्तो प्रश्न उठ्नु अस्वभाविक नभएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here