डब्ल्यूएचओसँग सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

0
183

२०७७, जेठ १७ गते //
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) सँग अमेरिकाको सम्बन्ध तोड्ने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले डब्लूएचओले सुरुमै कोरोना संक्रमण रोक्न पूर्ण रुपमा असफल रहेको आरोप लगाउँदै डब्लूएचओसँगको सम्बन्ध तोड्ने घोषणा गरेका हुन् ।

शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेको तर ऊ असफल भएकाले विश्व स्वास्थ्य संगठनसँगको नाता तोडेको घोषणा गरे।

अमेरिकाले यसअघि नै डब्लूएचओलाई दिँदै आएको सहयोग रोकिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाएका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए ।

अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here