२०७७, जेठ १७ गते // खगेन्द्र खरेल
कोरोना (कोभिड-१९) को माहामारिका बीच जर्मन फुटबल लिग सुचारु भएको छ। जर्मन लिगा सहित युरोपका अन्य डेनमार्क, क्रोएसिया, चेक रिपब्लिक,बेलारुस लगायतका देशले बिना दर्सक घरेलु फुटबल सम्पन्न गर्न खोजिरहेका छन्।
अघिल्लै हप्ता देखि सुरु भएको जर्मन लिगा आज शनिवार पनि जारि रहने छ। जर्मन लिगामा आज पाँच खेल हुदैछन्। लिगामा आज हेराथ बर्लिन र अग्स्बर्ग, मेंज़ र होफेन्हेम, शाल्के र वादर ब्रेनन भिड्दा वोल्फ्सबर्ग र फ्रंक्फोर्ट आमने सामने हुनेछन्। दिनको अन्तिम खेलमा वायर्न म्युनिख र डसलडरफ उत्रने छन्।
उपाधि होडमा म्युनिख ६४ अंक सहित शिर्ष स्थानमा छ भने ५७ र ५६ अंक सहित डर्टमुनड र लिभरकुसेन क्रमस दोस्रो र तेस्रो स्थानमा छन्।
कोरोना संक्रमण सुरु भए देखि विश्व फुटबल नराम्रो संग प्रभावित भएको छ। खासगरी युरोपमा फुटबल प्रेमी दर्सक निराश बनेका छन्। बिना दर्सक फुटबल खेलाउनु परेपछि यसबाट आर्थिक गतिविधिमा नराम्रो धक्का लागेको छ।