लकडाउन जेठ ३२ गते सम्म लम्बियो, सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

0
451

२०७७, जेठ १७ गते // खगेन्द्र खरेल
सरकारले जारी लकडाउनको अवधी जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधी १२ दिन थप गरेको हो। यसअघि थपिएको समयअुनसार जेठ २० गतेसम्म लकडाउन जारी गरिएको थियो। लकडाउनको मोडालिटीका विषयमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न निर्देशन दिइएको छ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र उडानहरु पनि तत्काल नखोल्ने निर्णय गरेको छ। अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका प्रवक्त खतिवडाका अनुसार असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गरिएका छन्। सीमा नाकाहरु पनि सोही अवधिसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो, त्यसमा सीमा सुरक्षाबारे छलफल भएको थियो । सीमामा कडाई गर्न सशस्त्र प्रहरी र जनपथ प्रहरीलाई अझ बढी परिचालन गर्ने निर्णय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here