कोरोना संकट: पछिल्लो २४ घन्टामा नेपालमा ७४० जनामा संक्रमण पुष्टि

0
221

२०७७, असार १९ //
पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । शुक्रबारसम्म पछिल्लो २४ घन्टामा ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत छन् । पछिल्लो २४ घन्टामा ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here