दशरथ रंगशालामा साग उद्घाटनको रिहर्सल

0
31

हुलीझैँ सिँगारिएको दशरथ रङ्गशालामा तेह्रौं दक्षिण एशियाली खेलकूद (साग) उद्घाटन समारोहको रिहर्सल गरिएको छ ।

तेस्रोपटक घरेलु मैदानमा आयोजना हुन लागेको तेह्रौं सागको उद्घाटनको दुई दिन पहिले उद्‌घाटनको रिहर्सल गरिएको हो।

आइतबार औपचारिकरूपमा सागको उद्घाटन हुनेछ।रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन्। विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्चिनै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको।

रङ्गशाला मात्र होइन, राजधानी काठमाडौँ नै अहिले सजिएको छ। खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here