चैत्र ११, २०७६ मंगलवार / खगेन्द्र खरेल //
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारद्वारा कोरोना जोखिमको रोकथामका लागि निर्माण गरेको कोषमा ५० लाख रुपैयाँ दिने भएको छ ।
सरकारले स्थापना गरेको कोषमा पार्टीका तर्फबाट एकमुष्ट रुपमा ५० लाख दिने निर्णय भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । कांग्रेसका संघीय सांसदहरुले १५ दिनको तलब यो कोषमा दिने निर्णय यसअघि नै भइसकेको छ ।
