नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन पुग्यो

0
228

चैत १२, २०७६ बुधबार //

नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर कोरोनाका थप एक नयाँ बिरामी भेटिएको जनाएको छ । उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । उनी भक्तपुर बस्ने र केही दिनअघि मात्रै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेशनबाट डिस्चार्ज भएका व्यक्ति रहेको स्रोतले जनाएको छ ।

उनी विदेशबाट आएका थिए या नेपालमै बसिरहेका थिए भन्नेबारेमा अस्पताल र मन्त्रालयले खुलाएको छैन ।

यसअघि एक जनालाई कोरोनाको सङ्क्रमण देखिएर निको भएको थियो भने चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा पनि सङक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here