थप तीनजना कोरोनाका संक्रमित फेला, नेपालमा कोरोनाका संक्रमितको संख्या ९ पुग्यो

0
197

२०७६ चैत २२ गते, शनिवार //

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण थप तीनजनामा देखिएको छ ।

मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त हुन् । योसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ९ पुगेको छ ।

उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए । तीनैजनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि, विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को संक्रमण देखिएपनि पहिलोपटक नेपालभित्रकै महिलामा संक्रमण देखिएको हो ।

आफन्तलाई संक्रमण देखिनु भनेको कोरोना संक्रमणको लोकल ट्रान्समिसन हो ।’‘विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ, ‘यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।’

गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को संक्रमण देखिएको थियो । उनी निको भइ घर फर्किसकेका छन् ।

अन्य संक्रमितको भने ‘आइसोसेलन’मा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here