झापामा ६२ वर्षीय वृद्धमा देखियो कोरोना संक्रमण

0
346

२०७७, वैशाख १२ गते//
कोरोना भाइरस (कोभिड-१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै संक्रमितको संख्या ४९ पुगेको छ । उनीहरु मध्ये १० जना निको भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here