नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको आत्मआलोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

0
111

२०७७, वैशाख २० गते //
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय भएको छ ।

गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।

बैठकले पार्टीलाई फुट उन्मुख गराउने कुनै पनि क्रियाकलापमा सहभागी नहुन नेता कार्यकर्तालाई निर्देशन समेत दिएको छ भने २५ गते स्थायी कमिटीको बैठक बोलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here